Right share

काठमाडौं । खोरङ्गा हाइड्रोपावर लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले असार १४ गते विशेष साधारणसभा डाकेको छ ।

सभा काठमाडौं महाराजगञ्जस्थित कम्पनीको सम्पर्क कार्यालयमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले सेयरधनीहरूलाई ५० प्रतिशत अर्थात् १:०.५ को अनुपातमा हकप्रद जारी गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, ठेगाना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

 

Visa Travels