काठमाडौं : राष्ट्रियसभाको आइतबारको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक–२०८१’ राष्ट्रिय सभाबाट सर्वसहमतिबाट पारित भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो विधेयक सभामा पेस गरेका थिए ।

नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पुर्याउन उचित कानुनी व्यवस्था गर्ने, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने जिम्मेवारीका साथ संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा तोकिएका निकायहरुसँग आवश्यक समन्वय गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।

Visa Travels