काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको वार्षिक साधारणसभा आज बिहीबार (असार १३ गते) बस्दैछ । सभा, नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११:४५ बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विषयमा छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ । सभामा भाग लिन जेठ ३१ गतेसम्म सेयरधनी कायम भइसकेको हुनुपर्छ ।

Visa Travels