काठमाडौं। विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा आह्वान गरेको छ । संस्थाले एफपीओ प्रस्ताव पारित गर्न कम्पनीले १५ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा असार ३० गते धुलिखेल लज रिसोर्ट धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभाले पारित गर्ने कार्यक्रम छ । साधारण सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार १७ गते बुक क्लोज गर्ने भएको छ । असार १६ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

Visa Travels