काठमाडौं । भुगर्भ सिमेन्ट लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । सर्वसाधारणमा जारी पूँजीको २० प्रतिशतका दरले प्रतिशेयर अंकित मूल्य रू. १०० मा साधारण शेयरको सार्वजनिक निष्कासन गर्नेगरी नबिल इन्भेष्टमेन्टलाई निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।

सो सम्बन्धमा कम्पनी र नबिल इन्भेष्टमेन्टबीच बिहीवार सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले कपिलवस्तुको शिवराज नगरपालिका–०६ मा सिमेन्ट कारखाना तथा अर्घाखाँचीको नरपानी/खाँचीकोटमा खानी सञ्चालन गर्दै आएको छ ।

कम्पनीले ओपिसी (भूगर्भ सिमेन्ट) तथा पिपिसी (अपोलो, क्रिस्टल, देउराली) सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ६० हजार मेट्रिक टन ओपिसी सिमेन्ट तथा १ लाख ५० हजार मेट्रिक टन पिपिसी सिमेन्ट रहेको छ ।

Visa Travels