nepal life insurance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २ आर्थिक वर्षिको साधारणसभा आज असार १८ गते मंगलबार बस्दैछ । सभा, भिष्वा, वीरगंज (पर्सा) मा बिहान ९ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभाले संस्थापक समूहका सेयरधनीहरुबाट ३ जना सञ्चालक र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावली संशोधन गर्नेछ ।

यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Visa Travels