काठमाडौं । वलेफी हाइड्रोपावरको विशेष साधारणसभा आज असार २० गते बस्दैछ । सभा रोयल एलिनाज रेष्टुरेन्सट प्रालि, मदन भण्डारी रोड, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले सञ्चालन नियुक्ति गर्ने विशेष प्रस्ताव पेश गर्नछ । त्यसैगरी, कर्जा सुविधा स्वीकृति गर्ने सम्बन्धमा पनि प्रस्ताव पेश हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असार ११ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार १० गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।