काठमाडौं : चिरख्वा हाइड्रोपावरको वार्षिक साधारणसभा आज असार २३ गते बस्दै छ । सभा, क्वालिटी ब्यांकेट, बुद्धनगर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालको निर्वाचन हुनेछ ।

यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

साधारणसभा प्रयोजनका लागि यसले असार १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

Visa Travels