नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको असार २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको १० प्रतिशतको नगद लाभांश र ४ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । साथै कम्पनीले उल्लेखित नगद र बोनश शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश पनि दिनेछ । कम्पनीको चुक्तापूँजी ५ अर्ब १ करोड रहेको छ ।
नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।