नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१र०८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले बैंकको बालुवाटारस्थित नयाँ भवनबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर महाप्रसाद अधिकारीले भने,”धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिबको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म
३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ । मार्जिन ट्रेडिब सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिनेछ ।”

Visa Travels