सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्ने भएको छ। शेयर निष्काशन साउन ८ गते बन्द हुनेछ ।

लघुवित्तले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९।५४५० कित्ता शेयर निष्काशन गर्न लागेको हो।

लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्ग नेपालले यस लघुवित्तलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ।

हाल लघुवित्तको चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ।

Visa Travels