काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सुचिकृत भएको छ ।
नेप्सेका अनुसार सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत अर्थात् ९ लाख २३ हजार ३५१ कित्ता बोनस सेयर सूचिकृत भएको छ।
त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको २.२२ प्रतिशत अर्थात् ८१ हजार ७६८ कित्ता लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ।
उक्त सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।