kumari capital

कुमारी क्यापिटलको योजना व्यवस्थापनमा कुमारी सामुहिक लगानी कोष अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।

भदौ १० गते बसेको कुमारी क्यापिटलको सञ्चालक समितिको बैठकले कुमारी इक्वीटी फण्डका इकाइधनीहरुलाई कर सहित९.५० प्रतिशतका दरले नगद लाभांश गर्ने निर्णय गरको हो ।

त्यस्तै, कुमारी धनबृद्धि योजनाका इकाईधनीहरुलाई कर सहित ९.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै, कुमारी सुनौलो लगानी योजनाका इकाइधनीहरुलाई १०.५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। यो खुल्ला मुखी योजना हो ।

लाभांश वितरण प्रयोजनार्थ योजनाले आज अर्थात भदौ ११ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ १० गतेसम्म कायम इकाईधनीहरुले, योजनाले वितरण गर्ने लाभां प्राप्त गर्न सक्नेछन्।

कुमारी सुनौलो लगानी योजना एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले प्राप्त गर्ने रकम समायोजित खुद सम्पत्ती मूल्यमा पुनः लगानी गर्न सकिनेछ। लाभांश पुनः लगानी योजनामा सहभागि हुन चाहने इकाईधनीहरुले भदौ २५ गतेसम्म आफ्नो नाफा दर्ता गर्नुपर्नेछ।

 

Visa Travels