नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आज (भदौ ११ गते) देखि शुरु हुँदैछ। सो प्रदर्शनी काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा भदौ १६ गतेसम्म हुनेछ।
६ दिनसम्म चल्ने नाडा अटो शोमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने भएका छन्। यसका साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरूले वित्तीय समाधानहरू प्रदान गर्नेछन्। समग्रमा शोमा ९५ प्रदर्शकहरूले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।
प्रदर्शनीलाई चार–पाङ्ग्रे, दुई–पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ। टिकटहरू अब खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिन्छ। अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक पाउन सक्नेछन्।
यस्तै, मिडिया डेस्कले प्रदर्शनी सम्बन्धी सबै समाचारहरूलाई प्रभावकारी रूपमा संकलन र प्रसारण गर्नेछ। यस प्रदर्शनीमा मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनको सहकार्यमा ट्राफिक सूचना डेस्क पनि हुने बताइएको छ।
टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ। एक भाग्यशाली सहभागीले सिजी मोटर्स प्रा.लि. द्वारा प्रायोजित हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्।
नाडा अटो शोमा हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकटिङ पार्टनरको रूपमा रहनेछ। यसैगरी, वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर र ८८ हिटको प्रा.लि.८८ र सीसीटीभी नेपालको प्रदर्शनीमा सहयोग रहने भएको छ। प्रदर्शनीको व्यवस्थापक ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रा.लि. (जेम्स) रहेको छ।
दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै, यस वर्ष, नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ। यसमा टाटा ईभी मुख्य प्रायोजक, सर्भो लुर्बिकेन्टस् र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा रहेका छन्। यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने र यसले अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने आयोजकको विश्वास छ।