माण्डु हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ २० गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशतको नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको चुक्तापूँजी १ अर्ब ३६ करोड रहेको छ ।
विद्युत नियमन आयोगले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीको वार्षिक साधारणसभा असोज १४ गते विहान १० बजे नेपा बैंक्वेट, नयाँबजार काठमाडौमा हुनेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ३१ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ । भदौ ३० गतेसम्म कायम सेयरधनीहरुले उक्त लाभांश पाउनेछन् ।