एनएमबि क्यापिटलको योजना व्यवस्थापनमा रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।
असोज २ गते बसेको एनएमबि क्यापिटलको सञ्चालक समितिको बैठकले एनएमबि फिफ्टीका इकाइधनीहरुलाई कर सहित १५ प्रतिशतका दरले नगद लाभांश गर्ने निर्णय गरको हो ।
त्यस्तै, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ का इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।