आरबिबि मर्चेन्ट बैंकिङको योजना व्यवस्थापनमा रहेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाहरुले इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन्।
भदौ २० गते बसेको सानिमा क्यापिटलको सञ्चालक समितिको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाइधनीहरुलाई कर सहित ३.८१ प्रतिशतका दरले नगद लाभांश गर्ने निर्णय गरको हो ।
त्यस्तै, आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई कर सहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भदौ ३१ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यस्ले भदौ ३० गतेसम्म कायम इकाइधनीहरुले मात्र उक्त लाभांश पाउने छन् ।