सुपरमाई हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजीको ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशतको नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीको चुक्तापूँजी ५० करोड रहेको छ ।
विद्युत नियमन आयोगले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।