Monday, July 13, 2020
Home Blog

साधना लघुवित्तको आईपीओ आज साँझमा बाँडफाँड हुने

ipo of sadhana laghubitta

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज सोमबार बाँडफँड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मुख्य  कार्यालय जमल काठमाडौमा साँझ ५ बजे आईपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको छ ।

यस आईपीओमा ४ लाख ५८ हजार ६ सय ४३ आवेदकले १ करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्।  कुल निष्काशित आईपीओ अनुसार १७.०२ गुणा बढी आवेदन गरेको छ ।

भाग्यमानी ६६ हजार १ सय ५२ जना आवेदकले मात्र गोलाप्रथाबाट आईपीओ सेयर पाउने छ भने आवेदन दिएका मध्ये ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुने छन् ।

कम्पनीले २०७७ असार २१ गते देखि असार २४ गते सम्म आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले ३२।५०% अर्थात् ७,०७,८०० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु। १०० रुपैयाँ दरले सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीले ०।५०% अर्थात् १०,८९० कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् ३५,३९० कित्ता सेयर सामुहिक लगानी कोषलाई र बाँकी रहेको ६,६१,५२० कित्ता सेयर सर्वसाधारणलाई सार्वजनिक निष्काशन गरिएको हो।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशन पश्चात यस लघुवित्तको चुक्तापुँजी २१ करोड ७७ लाख पुग्नेछ । यस आईपीओलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग ग्रेड ४ प्लस प्रमाणपत्र प्राप्त गरेको छ ।

Like & Share on:

अजोड इन्स्योरेन्सको आईपीओमा ५.४० गुणा बढी आवेदन

ipo of ajod insurance

अजोड इन्स्योरेन्स लिमिटेडले जारी गरेको आईपीओमा आज तेस्रो दिनमा ५.४० गुणा बढी सेयर खरिद आवेदन गरेको छ ।

बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आज पाँज बजेसम्ममा ४ लाख ८ हजार आवेदकबाट १ करोड ४७ लाख ५८ हजार ६० कित्ता बढी सेयर खरिदको लागि आवेदन दिएका छन्।

अजोड इन्स्योरेन्सले आज अषाढ २५ देखि अषाढ २९ गते सम्म निष्काशन गरिएको छ ।

कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु. १०० रुपैयाँ दरले सर्वसाधारणबाट निष्काशन गरेको छ । कुल निष्काशित सेयर मध्ये ४% अर्थात् १२०,००० कित्ता कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता समुहिक लगानीकोषलाई छुट्याएको छ । बाँकी रहेको २७,३०,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको छ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ । सि– आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म दरखास्त दिन पाउने छन् ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी १ अर्ब पुग्नेछ ।

Like & Share on:

नविल बैंकले सुरु गर्यो ‘डिजि बैंक’ ग्राहकको सबै काम घरबाटै हुने

नविल बैंक लिमिटेडले ३६औं बार्षिकोत्सवको अवसरमा नयाँ सेवा नविल डिजि बैंक सुरु गरेको छ । ’डीजी बैंकिङ बैंकभित्रको अर्को बैंक हुने छ, बैंकिङको भविश्य डिजिटल होइन बर्तमान हो डिजिटल, त्यही भएर हामी डिजिटलमा जान थालेका छौं’ भर्चुअल पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने ।नबिल बैंकको ‘डिजी बैंक’ को नारा ‘लाइफ अब ढुक्क’ भन्ने राखिएको छ।

३६ बर्षसम्म पुरानो पुस्तालाई नबिलले ढुक्क बनाएको र अब नयाँ पुस्तालाई पनि नबिलले ढुक्क बनाउने डिजिटल बैंकिङ गरेको हो।

बैंकिङले डीजी बैंकिङलाई अगाडि बढाउन हुवावे कम्पनीसँग रणनीतिक साझेदारी गरिसकेको छ। पत्रकार सम्मेलनमा हुवावे नेपालका प्रमुख डेनी देङले नबिलसँगको साझेदारीले नेपाली ग्राहकलाई डीजी बैंकिङ पुर्याउन काम गर्ने बताए।

बैंकले डीजी बैंकिङलाई अगाडि बढाउन संस्थाको संरचना नै परिवर्तन गरिसकेको छ। डीजी बैंकिको प्रमुखमा बिनयकुमार रेग्मी छन्। उनी मातहत बैंकले ७२ कर्मचारी छुट्याएको छ। यसमा अब कार्ड मात्र होइन, अनलाइन बैंकिङ, कल सेन्टर सबै अटाउँने जनाएको छ ।

ग्राहकले पाउने डेबिट क्रेडिट कार्ड पनि डिजिटलको माध्यमबाटै पाउने बताए । उनले ग्राहकमा डिजिटल सम्बन्धि सचेतना दिने खालका कार्यक्रम पनि गर्दै जाने योजना रहको बताए ।

Like & Share on:

नेप्सेमा दुई फाइनान्सको बोनस सेयर सुचिकृत

share listed

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा दुई फाइनान्स कम्पनीको बानेस शेयर सुचिकृत भएको छ । सेयरधनीको खातामा आएपछि लगानीकर्ताले यी शेयर कारोबार गर्न सक्नेछन् ।

निम्न कम्पनीहरुको बोनस सेयर सुचिकृत भएको छ ।

मञ्जुश्री फाइनान्सको १४०,७१०.५४ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यो गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १.७५% बोनस सेयर हो ।

युनाइटेड फाइनान्सको ३०३,१५५.७२ कित्ता बोनस सेयर सुचिकृत भएको छ । यो गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ३% बोनस सेयर हो ।

Like & Share on:

रुरु जलविद्युतले प्रिमियममा आईपीओ जारी गर्न अनुमति माग

initial public offering - IPO

रुरु जलविद्युत परियोजना लिमिटेडले आईपीओ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड समक्ष अषाढ २५ गते अनुमतिको लागि आवेदन दिएको छ ।

कम्पनीले रु १०० का दरले ८१५,४११ कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १०% अर्थात् ४०७,७०५ कित्ता सेयर रु १०० का दरले आयोजना प्रभावित स्थानियलाई जारी गर्नेछ ।

त्यसैगरी दोश्रो चरणमा १०% अर्थात् ४०७,७०५ कित्ता सेयर रु १२० का दरले सर्वसाधरणलाई जारी गर्न अनुमति माग गरको छ । कम्पनीले थप २० रुपैया प्रिमियम सहित आईपीओ निष्काशनको गर्न लागेको हो ।

निष्काशन तथा विक्री प्रवन्धकको रुपमा एनएमवि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यस आईपीओलाई इक्रा नेपालबाट क्रेडिट रेटिङ्ग ग्रेड ४ प्लस प्रमाणपत्र प्राप्त गरेको छ ।

Like & Share on:

आइएमई लाईफ इन्स्योरेन्सले आईपीओ सेयर निष्काशन गर्ने

ime life insurance

आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० कारोड बराबरको आईपीओ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड समक्ष अषाढ २२ गते अनुमतिको लागि आवेदन दिएको छ ।

इन्स्योरेन्सले रु १०० का दरले ६,०००,००० कित्ता सेयर सर्वसाधरणलाई जारी गर्ने भएको छ ।

निष्काशन तथा विक्री प्रवन्धकको रुपमा सिभिल क्यापिट मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

यस आईपीओलाई कियर रेटिङ्ग नेपालबाट ग्रेड ४ प्रमाणपत्र प्राप्त गरेको छ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ । हाल १ अर्ब ४० कारोड चुक्तापुँजी रहेको छ ।

Like & Share on:

माउण्टेन इनर्जीले आईपीओ निष्काशन गर्न अनुमति पायो

initial public offering - IPO

माउण्टेन इनर्जी नेपाल लिमिटेडले प्राथमिक निष्काशन (आईपीआ)े सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले २०७७ अषाढ २५ गते आईपीओ निष्काश अनुमति दिएको हो ।

कम्पनीले रु १०० का दरले ३,९३६,०५४ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलो चरणमा कम्पनीले जारी पुँजीको १०% अर्थात् १,९६८,०२७ कित्ता सेयर रु १०० का दरले आयोजना प्रभावित स्थानियलाई जारी गर्नेछ ।

त्यसैगरी दोस्रो चरणमा  १०% अर्थात् १,९६८,०२७ कित्ता सेयर रु १०० का दरले सर्वसाधरणलाई जारी गर्नेछ ।

निष्काशन तथा विक्री प्रवन्धकको रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

यस आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्लस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

Like & Share on:

तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर र हकप्रद पारित

tinau mission Development Bank

तिनाउ मिसन डेभलपमेन्ट बैंकको हिजो अषाढ २५ गते सम्म साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १२% बोनस सेयर प्रातिर गरको छ ।

बैंकले चुक्तापुँजी १ अर्ब १४ करोडको १२ प्रतिशतले हुने आउने १३ कारोड ७३ लाख बोनस सेयर परित गरेको हो ।

साथै सभाले बोनश सेयर वितरण पश्चात कायम पुँजीको ३ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताप पनि पारित गरेको छ ।

बोनस पछि कम्पनीको चुक्तापुँजी १ अर्ब २८ करोड पुग्नेछ । हकप्रद समेत भने पछि भने कम्पनीको चुक्तापुँजी १ अर्ब ७० कारोड पुग्नेछ ।

Like & Share on:

स्वरोजगार लघुवित्तको विशेष साधारणसभा आह्वान – जनकपुर लघुवित्तलाई प्राप्ति पछि १००% हकप्रद

swarojgar laghubitta

स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा आह्वान गरेको छ । सभा २०७७ श्रावण १० गते सि. डब्ल्यु.रेष्र्टो एण्ड क्याफे काठमाडौंमा विहान ११ बजे हुने भएको छ ।

सभा मार्फत स्वारोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ । दुवै संस्थाको समझदारीमा स्वारोजगार लघुवित्तको १०० कित्ता सेयर बराबर जनकपुर लघुवित्तको ७० कित्ता सेयर कायम हुने गरी गरिएको सेयर स्वाप अनुपातलाई अनुमोदन गर्ने भएको छ ।

प्राप्ति पछि वित्तीय संस्थाको नाम स्वारोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ ।

जनकपुर लघुवित्तलाई प्राप्ति पश्चात कायम चुक्तापुँजीको १ः१ हकप्रद सेयरजारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनको लागि श्रावण ५ गते बुक क्लोज रहेको छ ।

Like & Share on:

अजोड इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमै १.८३ गुणा बढी आवेदन

ipo of ajod insurance

अजोड इन्स्योरेन्स लिमिटेडले जारी गरेको आईपीओमा आज पहिलो दिनमा १.८३ गुणा बढी सेयर खरिद आवेदन गरेको छ ।

बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार आज पाँज बजेसम्ममा १ लाख २९ हजार आवेदकले ५० लाख कित्ता बढी सेयर खरिदको लागि आवेदन दिएका छन्।

अजोड इन्स्योरेन्सले आज अषाढ २५ देखि अषाढ २९ गते सम्म निष्काशन गरिएको छ ।

कम्पनीले ३०% अर्थात् ३०,००,००० कित्ता आईपीओ सेयर प्रतिकित्ता रु. १०० रुपैयाँ दरले सर्वसाधारणबाट निष्काशन गरेको छ । कुल निष्काशित सेयर मध्ये ४% अर्थात् १२०,००० कित्ता कर्मचारीलाई र ५% अर्थात् १५०,००० कित्ता समुहिक लगानीकोषलाई छुट्याएको छ । बाँकी रहेको २७,३०,००० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको छ ।

आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ । सि– आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्ता र अधिकतम १०,००० कित्ता सम्म दरखास्त दिन पाउने छन् ।

आईपीओ निष्काशन पश्चात यस कम्पनीको चुक्तापुँजी १ अर्ब पुग्नेछ ।

Like & Share on: