Butwal power company

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद नाफा २२.०३ प्रतिशतले घटेर १७ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको खुद नाफा २२ करोड ८७ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद आम्दानी पनि ५.६४ प्रतिशतले घटेको छ । आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड २५ लाख रुपैयाँ खुद आम्दानी गरेकोले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म भने २१ करोड ९३ लाख मात्रै खुद आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ७ करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको वित्त आम्दानी २ करोड ७० लाख र वित्त खर्च ५ करोड २४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ कोषको आकार ४.४१ प्रतिशतले घटेर १७ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ६ करोड रुपैयाँ र चालु दायित्व ३३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०६.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.२७ गुणा कायम भएको छ ।

Visa Travels