singati hydro energy

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयरको गोप्य शिल्ड टेण्डर (बोलकबोल) खोलिने भएको छ ।

कम्पनीले उक्त सेयरको बोलकबोल मंगलबार नक्सालमा रहेको ग्रिन लिभ्स रेस्टुरेन्टमा बिहान ८ बजे खोल्न लागिएकाे जनाएको छ ।

कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १:१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो ।

कम्पनीका अनुसार बोलकबोल खोलिएको प्रत्यक्ष प्रसारण मुक्तिनाथ क्यापिटल फेसबुक लाइभमा हेर्न सकिने छ ।

Visa Travels