kumari bank

कुमारी बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको २० औं वार्षिक साधारणभा २०७७ मंसिर २९ गते, बैंकको प्रधान रजिष्टर्ड कार्यालय, काठमाडौंमा विहान ११:३० बजे हुने भएको छ । सभा वेविनार मार्फत संचालन गरिने छ, शेयरधनी महानुभावहरुलाई meeting id/password उपलब्ध गराउने व्यवस्थ गरिएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट १०.८५% बोनस सेयर र ३.१५% नगद लाभांश पारित गर्नेछ ।

यस बैंक अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

बैंको प्रबन्ध पत्र र नियामवली संशोधन गर्नेछ ।

हाल यस कम्पनीको चुक्तापुँजी १२ अर्ब ५२ करोड रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ मंसिर १५ गते बुक क्लोज तोकेको छ । मंसिर १४ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels