nabil bank

नबिल बैंक लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ३६औं वार्षिक साधारणभा २०७७ पौष २९ गते नबिल बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग काठमाडौंमा भर्चुअल माध्यमबाट विहान १० बजे हुने भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट ३३.५% बोनस सेयर र १.७६% नगद लाभांश पारित गर्नेछ । नबिल बैंकको अधिकृत पुँजी १४ अर्ब पु¥याउने प्रस्ताव राखेको छ ।

यस बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने र गाभिने, प्राप्ति तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि सञ्चालक समितिलाई खख्तियारी प्रदान गर्ने पस्ताव पारित गर्नेछ ।

साथै संचालक समितिको अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक बर्ष २०७६–७७ को बार्षिक प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन, वित्तीय विवरण उपर छालफल गरि पारित गर्ने छ ।

आर्थिक बर्ष २०७७–७८ को लेखा परिक्षण गर्न लेखापरिक्षक को नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

हाल यस बैंकको चुक्तापुँजी १० अर्ब ०९ करोड रहेको छ ।

सभा प्रयोजनको लागि २०७७ पौष १५ बुक क्लोज तोकेको छ । पौष १४ सम्म कायम सेयरधनीहरुले मात्र सभामा प्रतिनिधित्व गर्न र लाभांश दावी गर्न पाउनेछन् ।

Visa Travels