सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सनराइज ब्लूचिप फण्डको इकाइहरु आज चैत १ देखि विक्री खुल्ला भएको छ । निष्काशन बन्द छिटोमा चैत ०४ गते र ढिलोमा चैत्र १६ गते हुने छ ।

कुल निष्काशन गरिएको १० करोड इकाइ मध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ कोष प्रबर्द्धक श्री सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखि बाँकी रहेको ८ करोड ५० लाख इकाइ सार्वजनिक निष्काशन गरिएको छ ।

यो १० वर्षे बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोषको योजना हो। इच्छुक आवेदकले प्रति इकाइ रु १० रुपैयाका दरले न्युनतम १०० इकाइ देखि एब करोड इकाइ सम्म अवेदन दिन सक्नेछन् ।

निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्द्धक श्री सनराइज बैंक लिमिटेड रहेको छ ।

Visa Travels